काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षकहरुको जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आन्दोलनरत शिक्षकहरुको उपयुक्त र जायज मागहरुलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले संविधानले माध्यामिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै स्थानीय तहले सो जिम्मेवारी पूरा गर्न […]