काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाणित भए तत्काल कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको छलफलमा जवाफ दिँदै मन्त्री पौडेलले त्यसरी कानुनविपरीत शुल्क लिने संस्था र व्यक्तिहरूबारे जानकारी भए अवगत गराउन सांसदहरुलाई आग्रह गरे।मन्त्री पौडेलले चिकित्सा शिक्षासम्बन्धी सबै विषय चिकित्सा शिक्षा आयोगले हेर्ने