काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताएका छन्। आज सिंहदरबारमा संचारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, 'निजी अस्पतालमा सरकारले तोकेको दस्तुरअनुसार नै उपचार हुनुपर्छ । त्योभन्दा फरक भएको भन्ने सूचना पाएका छौं, यदि त्यस्तो भेटिए कारबाही हुन्छ।'