सरकारले चर्को शुल्क असुलेर केही निजी अस्पतालले कोरोना संक्रमित तथा बिरामीहरुको उपचार गरिरहेको गुनासो आइरहेको भन्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै चर्को शुल्क असुल्ने निजी अस्पतालहरुलाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘कोभिड–१९ को संक्रमणको यस महामारीको समयमा केही निजी अस्पतालहरुले नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिने गरेको गुनासो प्राप्त भइरहेका छन्। महामारीक