सुत्केरी महिला र नवजात शिशुको जीवन रक्षाका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गर्भवती महिलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्यचौकी मंगलटारमा बर्थिङ सेन्टर स्थापना गरिएको हो।