काठमाण्डाै - देशका चार प्रदेशमा लगातारजसो पानी परिरहेको छ । प्रदेश-१, वाग्मती, गण्डकी र मधेस प्रदेशमा लगातारजसो पानी पर्दा बाढी पहिरोको जोखिम उच्च भएको छ ।
लगातारको वर्षाले खोलानालामा पानीको सतह बढेको छ भने पहिरोका कारण मुख्य राजमार्गसहित ग्रामीण सडकको यात्रा कष्टकर हुन थालेको छ ।
आज पनि यी चार प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको तुलनामा मधेस प्रदेशमा केही कम पानी पर्ने अनुमान छ । तर, लगातार पानी पर...