एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता

काठमाडौँ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (सोमबार) बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।  

सम्बन्धित सामग्री

‘सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा’

एमालेका प्रदेशसभा सदस्य पठानसिंह बोहराले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका छन्। सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले एमालले प्रदेश सरकारबाट समर्थन फिर्ता लिइसकेको हुनाले सुदूरपश्चिम सरकार अल्पमतमा परेको बताएका हुन्।...

मुख्यमन्त्री भट्टद्वारा मन्त्रीपरिषद् विस्तार

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले दुई मन्त्रालय खाली भएको छैठौं महिनामा मन्त्रीपरिषद् विस्तार गरेका छन् ।मुख्यमन्त्री भट्टले शुक्रबार प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री र नेकपा माओवादी केन्द्रमा एक जा गरी चार जना मन्त्री र चार जना राज्यमन्त्री थपेका हुन् । नेकपा एमालेको अध्यक्ष केपी ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिएपनि एमालेको […]

संघीय राजनीतिमा नयाँ अभ्यास

एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । पार्टी स्थायी कमिटी बैठकले माओवादी केन्द्रका नेता त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउन तीन वर्षअघि दिएको...

सुदूरपश्चिम प्रदेश : माओवादी नेतृत्वको सरकारलाई समर्थन कायम राख्ने निर्णय

एमाले पार्टीको स्थायी कमिटीको निर्णयपछि बुधवार बसेको सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको हो।...

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय ल

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठक सुरु

सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिने सन्दर्भमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलमा बहुमत रहेको झलनाथ खनाल माधव नेपाल पक्ष सरकारबाट समर्थन फिर्ता लिने मुडमा देखिएको छैन ।  बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका भने सांसदहरू रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुन कुमारी चौधरी अनुपस्थित छिन् ।सरकारबाट फिर्ता हुने विषयमा खनाल नेपाल पक्षमा एक मत हुन नसकेपछि मंगलबार दुई पटकसम्म स्थगित भएको थियो । तर सोमबार एमालेको

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

नेकपा एमालेको स्थायी कमिटी बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट मुख्यमन्त्री रहेका छन् । एमाले हालसम्म प्रदेश सरकारमा रहेको छ । सुदूरपश्चिम प्रदेश सभाका कूल ५३ सदस्यमध्ये २५ सांसद नेकपा एमालेका रहेका छन् भने माओवादीका १४ सांसद छन् । सुदूरपश्चिममा एमालेका प्रदेशसभा सदस्यमध्ये अधिकांश नेता माधवकुमार नेपाल पक्षका ...

सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेको बताएका छन् । शुक्रवार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनुपर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ ।’  सञ्चारकर्मीको एक प्रश्नमा उनले नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता नलिएसम्म संघीय सरकारमा ठूलै फेरबदल हुने सम्भावना पनि नदेखिएको बताए ।