हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकता र औचित्यको आधारमा मात्र सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ।कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा आवश्यकता र औचित्यको आधारमा स्थानीय तहमा समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरूको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालील