पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छली गरेको आशंकामा दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुई वटा ट्रकमा एक/एक एक्साभेटर र एक/एक वटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए। भारतबाट आयात गरिएका मेसिनरी सामान आईतबार साँझ भैरहवाबाट काठमाडौं जाँदै गर्दा गोप्य सूचनाका…