रुपन्देही प्रहरीले पछिल्लो ६ महिनामा भन्सार छली गरी ल्याइएका झन्डै ६ करोड बराबरका सामान बरामद गरेको छ । वैशाख १ गतेदेखि कात्तिक ४ गतेसम्म ५ करोड ९६ लाख ८ हजार ४ सय ३७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । बरामद सामान भैरहवा भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए । प्रहरीका अनुसार वैशाख महिनामा १ करोड ४ लाख ३ हजार ४ सय १२, जेठमा १२ ला