पीपीए खुलाउन माग

काठमाडौं, (नेस) । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन सरकारसँग माग गर्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा ठूलो लगानी गरिसकेका परियोजनाका प्रवद्र्धक संकटमा परेको उल्लेख गर्दैे चाँडो खुला गर्न माग गर्नुभएको हो । धेरै जलविद्युत् कम्पनीले अर्बाैं रुपियाँ लगानी गरिसकेका र पूर्वाधारका काम अघि […]

सम्बन्धित सामग्री

थप ३९३७ मेगावाट पीपीए खुलाउन सिफारिस

काठमाडौँ- विद्युत् प्राधिकरणले गठन गरेको एक समितिले हालको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) को स्वीकृत सीमाभन्दा ३५ प्रतिशत बढी थप पीपीए खुलाउन सिफारिस गरेको छ । हालको स्वीकृत सीमा नदी प्रवाही (आरओआर) का लागि ६७५० मेगावाट र अर्ध जलाशययुक्त (पीआरओआर) का लागि ४५०० मेगावाट छ । समितिको सिफारिस कार्यान्वयन भएमा आरओआर प्रक...

पीपीए खुलाउन निजी क्षेत्रको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरेको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत् आयोजनाको पीपीए पूर्णरुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उहाँले […]

पीपीए खोल्न निजी क्षेत्रको माग

२३ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले चार वर्षदेखि रोकिएको नदी प्रवाहमा आधारित (आरओआर)आयोजनाहरुको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन आग्रह गरेको छ । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री तथा नेपाल विद्युत प्राधिकरणका अध्यक्ष राजेन्द्र लिङदेनसँग भेटेर इप्पानले आरओआर आयोजनाको १५ सय मेगावाटको पीपीए खुला गर्न आग्रह गरेको हो । गत १४ […]

चार वर्षदेखि रोकिएको पीपीए खुलाउन निजी क्षेत्रको माग

काठमाडौं- निजी क्षेत्रले तत्काल १५०० मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउन माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को एक प्रतिनिधि मण्डलले ऊर्जा सचिव दिनेशकुमार घिमिरेसँग हिजाे (बिहीबार) भेट गरी तत्काल पीपीए खुलाउनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो । इप्पानले आज (शुक्रबार) जारी गरे...

बजार र प्रसारण संरचनाबिनै पीपीए खुलाउन दबाब

नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषय थप जटिल बन्दै गएको छ । पीपीए खुलाउन सरकारले नीतिगत गाँठो फुकाइदिए पनि व्यावहारिक रूपमा त्यसलाई कार्यान्वयन गर्न नसकिने अडानमा नेपाल विद्युत् प्राधिकरण छ । पीपीए थप्दा आइपर्ने आर्थिक र प्राविधिक जोखिमको दायित्व प्राधिकरणले बेहोर्न चाहेको देखिन्न । उसले सरकारबाटै जोखिम वहनको प्रत्याभूति खोजिरहेको छ । यसमा अर्थ मन्त्रालय भने तयार छैन । अर्कोतर्फ निजी क्षेत्रले पनि सरकारलाई पीपीए खुलाउन निरन्तर दबाब दिइरहेको छ ।

रोकिएको विद्युत खरिद सम्झौता खुलाउन इप्पानको दबाब

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले गत तीन वर्षदेखि रोकिएको विद्युत खरिद सम्झौता (पीपीए) खुलाउन विद्युत प्राधिकरणलाई दबाब दिन थालेको छ । प्राधिकरणले विगत तीन वर्षदेखि विद्युत उत्पादकहरूसँग विद्युत खरिद सम्झौता रोकेको छ । यद्यपी, ऊर्जा उत्पादनको नयाँ लाइसेन्स बाँड्न भने रोकिएको छैन ।यही दोहोरो नीति हटाउन भन्दै प्राधिकरणलाई दबाब दिन लागेको आचार्यले रातोपाटीलाई बताए । ‘आज एक बजे प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदैछौं,’ उनले भने, ‘

बजार सुनिश्चित भएपछि मात्रै पीपीए

काठमाडौ, नेस  ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बजारको सुनिश्चितताका आधारमा विद्युत् खरिद सम्झौता पीपीए गर्ने बताउनुभएको छ । डिमान्ड शुल्क बढाउने प्रस्ताव अगाडि नबढाउन तथा विगत लामो समयदेखि रोकिएको पीपीए खुलाउन माग गर्दै मंगलबार ऊर्जा मन्त्रालय पुगेको उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डललाई उहाँले माग र आपूर्तिको सन्तुलन अध्ययन गरेरमात्र सम्झौतलाई अगाडि बढाउने स्पष्ट पार्नुभयो […]

विद्युत् खरिद बिक्री सम्झौता तत्काल खुलाउन वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरेका छन् । नेपाल पोल एशोसिएशनको ८ औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।उनले विद्युत् प्राधिकरणले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजनाका प्रवद्र्धकहरु संकटमा परेकाले पीपीए खुलाउन माग गरेका हुन् । अहिले धेरै जलविद्युत् कम्पनीहरुले अर्बाैँ लगानी गरिसकेको र पूर्वाधारका काम अघि बढाइसक्दा पनि विद्युत् खरिद बिक्री सम्झौता (पीप

विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता खुलाउन माग

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् खरिद बिक्रीसम्बन्धी सम्झौता (पीपीए) तत्काल खुलाउन नेपाल सरकारसँग माग गरेका छन्।...