बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश स