बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ मा कूल बजेट खर्च ६६ दशमलव १९ प्रतिशत भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौंडाले प्रदेश सरकारले चालुतर्फको खर्च ७० दशमलव ७७ प्रतिशत, पुँजीगततर्फको खर्च ६३ दशमलव १६ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। प्रदेश सरकारले गत आर्थिक वर्षका लागि चालुतर्फ २३ अर्ब ३५ करोड ८० लाख रूपैयाँ, पुँजीगततर्फ ३२ अर्ब ४१ करोड ८४ लाख रूपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसअनुसार प्रदेश सरकारका १४ मन्त्रालय