हेटौँडा : बागमती प्रदेश सरकारले पछिल्लो १९ दिनमा दैनिक खर्च २१ करोड भन्दा बढी पुर्याएको छ।चालू आर्थिक वर्षको अन्तिम महिनामा सरकारले आफ्नो दैनिक खर्चलाई २१ करोड भन्दा बढी पुर्याएको हो। बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्तिम असार महिनाको १९ दिनमा नै करिब ४ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ।२४ अर्ब रुपैयाँ खर्चिन ११ महिना अर्थात ३३० दिन लगाएको प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम महिनाको १९ दिनमा नै तीन अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बजेट खर्च गरेक