दाङ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीले कोरोना संक्रमणका नयाँ बिरामीलाई भर्ना नलिने भएको छ। अक्सिजन अभावको कारण देखाउँदै अस्पतालले नयाँ संक्रमितको भर्ना नलिने जनाएको हो।अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभावले गर्दा नयाँ संक्रमितको भर्ना नलिने जानकारी दिए। अस्पतालमा हाल एकसय बेड सञ्चालन भइरहेपनि अहिले ५७ जना कोरोना संक्रमित उपचाररत छन्।उनले अस्पतालमा अक्सिजनको सहज र प्रयाप्त उपलब्धता नभएकोले कसैले पनि संक्रमितलाई भर्नाको लागि सिफारिस र दबाब नगरी दिन समेत अनुरोध गरेका छन्। उनले भ