काठमाडौं : सहरी तथा सहरोन्मुख क्षेत्रमा खाली जग्गा देख्नेबित्तिकै प्लटिङ गर्ने र घडेरीका रुपमा बिक्री वितरण गर्ने क्रम अत्यधिक रुपमा बढेपछि सरकारले त्यसलाई रोक लगाउने भएको छ। विशेषगरी जग्गा कारोबारीले जस्तासुकै जग्गा पनि कागज मिलाएर खण्डीकरण गर्ने, अत्यधिक मूल्य लिएर बिक्री वितरण गर्ने गरेको पाइएपछि मन्त्रालयले त्यसमा रोक लगाउन लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार अब काठमाडौँ उपत्यकाभित्र पाँच सय वर्ग मिटरभन्दा कम क्षेत्रफल भएका कुनै पनि जग्गाको खण्डीकर