काठमाडौं। बितेको चौबिस घण्टामा काठमाडौंमा ४१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ४९६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये हालसम्म एक लाख ९१ हजार ५६४ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ७९७ जनाको मृत्यु भएको छ।