काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौंमा कुल संक्रमितको संख्या दुई लाख छ हजार ९४३ पुगेको छ। हालसम्म काठमाडौंमा एक लाख ९९ हजार ५५४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल काठमाडौंमा सक्रिय संक्रमितको संख्या पाँच हजार ४८७ रहेको छ। त्यस्तै एक हजार ९०२ जनाको मृत्यु भएको छ।