बङ्लादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा जोखिम बढेको एक अध्ययनले देखाएको छ । प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
‘ब्रेथिङ हेभी : न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्लादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट सहरमा शारीरिक र मानसिक स्वास्थ्यमा वायु प्रदूषणको प्रभावको मूल्याङ्कन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बालबालिकाहरु, ज्येष्ठ नागरिक र मधुमेह, मुटु वा श्वासप्रश्वासको...