आध्यात्मिक परिभाषाअनुसार मन र आत्मालाई परमात्मासँग जोड्ने क्रियालाई योग भनिन्छ । शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई पनि योग भनिन्छ । संस्कृत भाषामा योगलाई जोड्नु भन्ने बुझिन्छ । योग नेपालको हिमालय क्षेत्रमा जन्मिएर उत्तरमा चीन र दक्षिणमा भारत हुँदै विश्वभरि पैmलिएको कला, संस्कृति र विज्ञान हो । योगलाई हामी तीन काल खण्डमा हेर्न सक्छौँ : १. आदिकाल खण्ड : आदिकाल खण्डमा योगको विस्तार भयो । योग सबैका लागि र सधैँका लागि हो भन्ने