राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी सहयोग मागेका छन्। एक १७ वर्षीया बालिकाले जबरजस्ती करणीको आरोप लागेका सन्दीपले क्यानसँग कानुनी उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् । हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्।