कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालमा संक्रमितको उपचार सुरु

काठमाडौं :  कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को नयाँ सर्जिकल भवनबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ। यनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको बताए।  उनले भने,’ अक्सिजन सुविधा सहितको ५० बेड आज सञ्चालनमा ल्याएका छौं। भोलि १ सय बेड सञ्चालनमा आउँछ। त्यसपछि बिरामीको चापअनुसार विस्तारै बढाउँदै लैजान्छौं।’ सर्जिकल भवनमा ५०० बेड क्षमताको छ। सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने र राष्ट्रिय ...

सम्बन्धित सामग्री

युनिफाइड केन्द्रीय अस्पताल (वीर) मा दुई दिनमा ३ जना प्रमुख ?

भगवती तिमल्सिना, काठमाडौ (नेस) । युनिफाइड केन्द्रीय अस्पताल (वीर) को निमित्त प्रमुख कार्यकारी अधिकारी प्रा.डा.भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन्  । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठले गरेकाे निर्णय बदर गर्दै मंगलबार उक्त पदमा प्रा.डा.भुपेन्द्र बस्नेतलाई नियुक्ती गर्ने निर्णयले स्वास्थ्य मन्त्री र राज्य मन्त्रीको निर्णय बाझिएको स्पष्ट पारेको छ । सोमबार मन्त्री […]

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा मरासिनी नियुक्त

भरतपुर अस्पताल सुधार गरेका डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारी पदमा नियुक्त गरिएको छ।

कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम

सरकारले विवादै विवादमा मुछिएका डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै  डा गौतमलाई हटाएको हो।

वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा सञ्चालनमा

सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले हिजो मङ्गलबारदेखि अस्पताल सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा ५० जना सङ्क्रमितलाई भर्ना गरी उपचार गर्न थालिएको छ । “हामीले अहिले पूर्ण रुपमा सबै शय्यामा …

आइतबारदेखि वीर अस्पताल कोभिड–१९ युनिफाइड अस्पतालका रुपमा संचालन हुने

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) आगामी आइतबारदेखि सञ्चालनमा आउने भएको छ । सङ्क्रमणको दोस्रो लहर आएपछि सरकारले कोभिड–१९ सङ्क्रमितको निदान र उपचारको काम एकीकृत रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न अस्पताल सञ्चालनमा ल्याइन थालिएको हो । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा जागेश्वर गौतमले आगामी आइतबारदेखि अस्पताल सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले …

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा गौतम

काठमाडौँ / कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले

वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने

सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।

वीर अस्पतालको नयाँ भवनलाई 'कोभिड–१९ युनिफाइड' केन्द्रीय अस्पताल बनाउने निर्णय

काठमाण्डाै – वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएकाे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । यसअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पताल व्यवस्थापनबारे छलफल केन्द्रित भएक...