काठमाण्डाै – वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाइने भएकाे छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरूमा ५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । यसअघि सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई काेराेना विशेष अस्पताल बनाउनका लागि सिफारिस गरेको थियो ।महत्वपूर्ण राजनीतिक निर्णय हुनसक्ने भनेर गरेको अनुमान विपरित आजको मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र अस्पताल व्यवस्थापनबारे छलफल केन्द्रित भएक...