जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्क देखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ । वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान न