उपभोक्ता अधिकार र वास्तविकता

हामीले उपभोग गर्ने हरेक सामान खरिद गर्दा जहिले पनि सजग हुनुपर्छ । वस्तुहरू किन्दा कम्पनीको नाम, वस्तुको परिमाण, उत्पादन मिति, मूल्य, म्याद सकिने मिति, गुणस्तर चिह्न प्राप्त भए नभएको, सिल बन्द गरिएको वा नगरिएको जस्ता प्रत्यक्ष रूपमा उपभोक्तासँग जोडिएका सवालमा ध्यान दिनुपर्छ । पछिल्लो समय बजारमा उपभोग्य सामग्रीको मूल्य उच्च भएका कारण आमउपभोक्ता मारमा परेका […] The post उपभोक्ता अधिकार र वास्तविकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

उपभोक्ता अधिकार संरक्षणको प्रश्न

केही दिनअघि १५ मार्चका दिन विश्वभर उपभोक्ता अधिकार दिवस मनाइयो । १५ मार्च, सन् १९६२ मा अमेरिकाका  ३२औँ राष्ट्रपति जोन एफ केनेडीले सेवा प्रदायकलाई उपभोक्ताप्रति जिम्मेवार बनाउन तथा उपभोक्ता हित संरक्षण गर्न...

उपभोक्ता अधिकार: अनुगमन र व्यवस्थापन

देशमा राजनीतिक अस्थिरता र संकटकाल अन्त्य भए पनि उपभोक्ता अधिकार पनि कुण्ठित हुनबाट कम भएको छैन। कुनै बहानामा फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुका कृत्रिम अभाव र बढी मूल्य लिने प्रवृत्तिमा कमी भएको छैन।...

उपभोक्ता अधिकार र व्यावहारिकता

उपभोक्ता हक–अधिकारलाई सुनिश्चित गर्न उपभोक्ता शिक्षा र सचेतनाका कार्यक्रमलाई तल्लो स्तरसम्म प्रभावकारी रूपमा लैजानुपर्ने आवश्यक छ । बजार अनुगमनले व्यवसायीको कमीकमजोरी पनि भेट्टाउँछ, तर सरकारी निकायबीच समन्वय नहुँदा दोषीले सजिलै उन्मुक्ति पाउँदै गरेका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका लागि ११ वटा नियमनकारी निकाय भए पनि समन्वयको अभावमा कैफियत भेटिएको […]

विश्व उपभोक्ता अधिकार दिवस : पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम

चैत २, वीरगञ्ज  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर प्रभातफेरी आयोजना गरिएको कार्यालय प्रमुख दिलीप खंग खत्वेले जानकारी दिए । ठोरी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयबाट चेतनामूलक प्रभातफेरी चोकबजारमा कोणसभामा परिणत भएको थियो । कोणसभामा ठोरी गाउँपालिकका अध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीले आफ्नो फाईदासँगै उपभोक्ता अधिकारमा पनि उत्तिनै संवेदनशील हुनुपर्ने बताए ।  नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्ता अधिकार प्रत्याभूत गरे पनि व्यवहारमा लागू हुन नसकेको उनले बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले कुनै वस्तुको विक्रेता आफू स्वयम् पनि उपभोक्ता नै हुने भएकाले उपभोक्ताको हितमा सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । विक्रेताले उपभोक्तालाई झुक्याएर वा बढी मोल लिएर नाफामात्र बढी कमाउने उद्देश्य राख्न नहुने उनको भनाइ थियो । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधंै मारमा पर्ने गरेको सहभागी वक्ताहरूले बताएका थिए । कार्यक्रमको सहजीकरण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका नायव सुब्बा रामप्रवेश यादवले गरेका थिए ।

उपभोक्ता अधिकार दिवस नारामै सीमित

सरकारले प्रत्येक वर्ष १५ मार्चमा उपभोक्ता अधिकार दिवस मनाउँदै आएको छ । यो वर्ष विश्वमा उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स र नेपालमा सुरक्षित र समावेशी विद्युतीय कारोबार भन्ने रहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउँदै छ । प्रदेश र स्थानीय निकायले समेत दिवस मनाउँदै […]

‘अधिकारकर्मी नमिल्दा सरकारलाई दबाब पुगेन’

१ चैत, काठमाडौं । मुलुकभर आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । नेपालले यो वर्ष उपभोक्ता अधिकार दिवसमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ भन्ने नारा अघि सारेको छ । सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा उपभोक्ता अधिकार संरक्षणका विषयमा पैरवी गरेर पठाएको सन्देशको सम्झनामा […]

उपभोक्ता सधैँ मारमा, उपभोक्ता अधिकार व्यवहारमा लागू हुन सकेन

काठमाण्डाै - आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९६२ को मार्च १५ तारिखमा  अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन । उपभोग्य व...

‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय भएको छ । हरेक वर्ष मार्च १५ मा मनाइने गरेकोे विश्व उपभोक्ता अधिकार दिवसको यो वर्षको थिम निष्पक्ष डिजिटल वित्त तय भएको हो । यो थिम गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले घोषणा गरेको हो । यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र...

नेपालको बजार अनुगमन र उपभोक्ता अधिकार

सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका चारवटा अधिकारबारे चर्चा गरेपछि विश्वव्यापीरुपमा उपभोक्ता अधिकारले व्यापकता पाउन थालेको हो। नेपालमा भने पहिलो पटक २०५४ सालमा उपभोक्ता संरक्षण ऐन जारी भयो।वर्तमान नेपालको संविधानको धारा ४४ मा उपभोक्ताको हकको व्यवस्था गरिएको छ। यस संवैधानिक हकको प्रभावकारी प्रचलनका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएको छ। यस ऐनमा उपभोक्ताका नौ प्रकारका अधिकारको व्यवस्था गरिएको छ।उपभोक्ता अधिकारनेपाली उपभोक्तामा वस्तु वा सेवामा सहज पहुँचको अधिकार, प्रतिस्प