'प्लास्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान' नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै

नेपालमा 'प्लास्टिक प्रयोगमा निरुत्साहन वातावरण संरक्षणमा योगदान' भन्ने नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । उपभोक्ता अधिकारलाई संरक्षण गर्न केन्द्रीय तथा स्थानीय तहबाट बजार अनुगमन हुँदै आएको छ

सम्बन्धित सामग्री

राजनीति कि लाजनीति ?

देशमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ। आम जनताले भोट हाल्दा कति सास्ती पाए, उपल्लो पदको चुनावमा कति सहज भयो भनिरहनु परेन। दलको भागबन्डामा परेको देशमा विश्व उपभोक्ता अधिकार दिवस परेकै दिन दूधको भाउ बढ्यो। किसानले जसोतसो पाइआएको रासायनिक मलको अनुदान घटाएपछि मलको मोल बढ्यो। जनताको हित प्रतिकूल सञ्चालित राज्य प्रणाली आफैँमा महँगो भएको छ। […]

हुम्लामा मनाइयो विश्व उपभोक्ता अधिकार दिवस

सिमकोट – हिमाली जिल्ला हुम्लामा विश्व उपभोक्ता दिवस र्‍याली निकाल्दै कोण सभा सञ्चालन गरेर मनाइएको छ। जिल्ला प्रशासन, उपभोक्ता हित संरक्षण कार्यालय र सिमकोट गाउँपालिकाको आयोजनामा दिवस मनाइएको हो। सिमकोटस्थित विमानस्थल चोकबाट प्ले कार्डसहित निकालिएको र् याली जिल्ला समन्वय समितिको प्रांगणमा आएर सभामा परिणत भएको थियो। र्‍याली निकालिएका प्ले कार्डमा उपभोक्ताका हक अधिकारीहरु लेखिएका थिए। […]

विश्व उपभोक्ता अधिकार दिवस : पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम

चैत २, वीरगञ्ज  । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले पर्साको ठोरीमा उपभोक्ता चेतनामूलक कार्यक्रम गरेका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर प्रभातफेरी आयोजना गरिएको कार्यालय प्रमुख दिलीप खंग खत्वेले जानकारी दिए । ठोरी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयबाट चेतनामूलक प्रभातफेरी चोकबजारमा कोणसभामा परिणत भएको थियो । कोणसभामा ठोरी गाउँपालिकका अध्यक्ष पदमलाल श्रेष्ठले व्यवसायीले आफ्नो फाईदासँगै उपभोक्ता अधिकारमा पनि उत्तिनै संवेदनशील हुनुपर्ने बताए ।  नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्ता अधिकार प्रत्याभूत गरे पनि व्यवहारमा लागू हुन नसकेको उनले बताए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले कुनै वस्तुको विक्रेता आफू स्वयम् पनि उपभोक्ता नै हुने भएकाले उपभोक्ताको हितमा सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । विक्रेताले उपभोक्तालाई झुक्याएर वा बढी मोल लिएर नाफामात्र बढी कमाउने उद्देश्य राख्न नहुने उनको भनाइ थियो । उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधंै मारमा पर्ने गरेको सहभागी वक्ताहरूले बताएका थिए । कार्यक्रमको सहजीकरण वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका नायव सुब्बा रामप्रवेश यादवले गरेका थिए ।

उपभोक्ता संरक्षणमा आपूर्ति श्रृंखला व्यवस्थापन

उपभोक्ता संरक्षणको अवधारणा संयुक्त राष्ट्रसंघले ९ अप्रिल १९८५ मा उपभोक्ता संरक्षणका लागि संयुक्त राष्ट्र दिशानिर्देश जारी गरेपछि व्यापक बनेको हो । विश्व उपभोक्ता अधिकार दिवस, २०२२ को नारा ‘निष्पक्ष डिजिटल फाइनान्स’ हो । हरेक वर्ष मार्च १५ मा उपभोक्ताहरूले विश्व उपभोक्ता अधिकार दिवस मनाउँछन् । यसको उद्देश्य उपभोक्ता अधिकार, उपभोक्ता संरक्षण र सशक्तीकरणको विश्वव्यापी चेतना […]

नेपालमा कस्तो छ डिजिटल उपभोक्ताको अवस्था ?

आज विश्व उपभोक्ता अधिकार दिवस । नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । पछिल्लो समय उपभोक्ता फिजिकलबाट डिजिटलतर्फ सिफ्ट भइरहेका छन् ।  इन्टरनेटको बढ्दो पहुँचसँगै डिजिटल उपभोक्ता पनि बढिरहेका छन् । सामान किन्नेदेखि बिक्री गर्नेसम्मका काम अनलाइनबाटै भइरहेका छन् । अनलाइनबाटै पैसाको कारोबार हुन थालेको छ । बढ्दो डिजिटल...

‘अधिकारकर्मी नमिल्दा सरकारलाई दबाब पुगेन’

१ चैत, काठमाडौं । मुलुकभर आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । नेपालले यो वर्ष उपभोक्ता अधिकार दिवसमा ‘सुरक्षित र समावेशी विद्युतीय कारोबारः उपभोक्ताको अधिकार’ भन्ने नारा अघि सारेको छ । सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा उपभोक्ता अधिकार संरक्षणका विषयमा पैरवी गरेर पठाएको सन्देशको सम्झनामा […]

उपभोक्ता सधैँ मारमा, उपभोक्ता अधिकार व्यवहारमा लागू हुन सकेन

काठमाण्डाै - आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९६२ को मार्च १५ तारिखमा  अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन । उपभोग्य व...

‘फेयर डिजिटल फाइनान्स’ नारासहित विश्व उपभोक्ता अधिकार दिवस मनाइदै

यस वर्षको विश्व उपभोक्ता अधिकार दिवसको नारा फेयर डिजिटल फाइनान्स (निष्पक्ष डिजिटल वित्त) तय भएको छ । हरेक वर्ष मार्च १५ मा मनाइने गरेकोे विश्व उपभोक्ता अधिकार दिवसको यो वर्षको थिम निष्पक्ष डिजिटल वित्त तय भएको हो । यो थिम गैर नाफामूलक संस्था कन्जुमर इन्टरनेशनलले घोषणा गरेको हो । यस दिवसमा विश्वव्यापी रुपमा उपभोक्ता अधिकारका बारेमा चेतनामूलक कार्यक्रम, उपभोक्ता संरक्षण र...

मूल्य, गुणस्तर र नापतौलमा ठगिँदै उपभोक्ता

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर प्रत्येक १५ मार्चमा विश्व उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ । उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार […]