काठमाण्डाै - आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
सन् १९६२ को मार्च १५ तारिखमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन ।
उपभोग्य व...