राष्ट्र बैंकले १० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै

नेपाल राष्ट्र बैंकले तरलता सहज गर्न शुक्रबार दश अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा बजारमा पठाउने भएको छ। राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरेर प्रत्येक्ष बोलकबोलमार्फत उक्त रकम बैंकिंग प्रणालीमा पठाउन लागेको हो । चालु आर्थिक वर्षमा विभिन्न चार चरणमा गरेर राष्ट्र बैंकले ऋणपत्र खरिदमार्फत २५ अर्ब २७ करोड रुपैयाँ बैंकिङ प्रणालीमा पठाइसकेको छ। राजश्व संकलन गर्दा…

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको […]

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ पुस, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ३ पुसमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरला खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ । १४ दिनका लागि उक्त तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनामा […]

एकै दिन बैंकिङ प्रणालीमा १० अर्ब निक्षेप थपियो

काठमाडौं । दशैंमा बाहिरिएको पैसा पुन: बैंकिङ प्रणालीमा फर्किन थालेको छ । दशैं बिदापछि एकै दिन १० अर्ब रुपैयाँ निक्षेप थपिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  राष्ट्र बैंकका अनुसार कात्तिक ९ गते बिहीवारसम्म बैंक, वित्तीय संस्थामा कुल ५८ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा कात्तिक १० गते शुक्रवार ५८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । असोज मसान्तमा वित्तीय प्रणालीमा ५९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो । दशैंमा बैंकबाट बाहिरिएको निक्षेप पुन: बैंकमा फर्किन थालेको हो ।  दशैंमा बैंकिङ प्रणालीबाट ७६ अर्ब रुपैयाँ नगद बजारमा प्रवाह भएको थियो । असोज १६ गते बजारमा ६ खर्ब २० अर्ब रुपैयाँ बराबरको नगद चलनचल्तीमा रहेकामा कात्तिक ९ गतेसम्ममा बढेर ६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । दशैंमा राष्ट्र बैंकले नयाँ खुद्रा नोट सटहीको सुविधासमेत दिएको थियो । यसबाहेक सर्वसाधारणले दशैंका लागि बैंकबाट पैसा निकाल्दा निक्षेप घटेर चलनचल्तीमा रहेको नगद बढेको थियो । चाडपर्वका अवसरमा हुने आर्थिक कारोबारका लागि बाहिरिएको रकम विस्तारै प्रणालीमा फर्किने र त्यसको लागि केही समय लाग्ने प्रवक्ता भट्टले बताए ।  बिहीवारको तुलनामा शुक्रवार वाणिज्य बैंकहरूमा कुल ८ अर्ब निक्षेप बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुग्दा विकास बैंक तथा फाइनान्स कम्पनीमा पनि २ अर्बले बढेर ६ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेप बढे पनि कुल कर्जा प्रवाह भने घटेको छ । बिहीवारसम्म बैंक, वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ४९ खर्ब ७३ अर्ब रुपैयाँ रहेकोमा शुक्रवार ४९ खर्ब ७१ अर्ब रुपैयाँमा झरेको छ ।  असोज मसान्तको तुलनामा भने कर्जा प्रवाह बढेको छ । असोज अन्तिममा बैंकहरूको कुल कर्जा ४९ खर्ब ५२ अर्ब रुपैयाँ थियो । असोज लागेसँगै बैंकहरूबाट कर्जा प्रवाह बढ्न थालेको थियो ।  कर्जाको तुलनामा निक्षेप वृद्धि उच्च भएपछि बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि घटेको छ । शुक्रवार बैंकहरूको औसत सीडी रेसियो ८१ दशमलव ७१ प्रतिशत कायम भएको छ । असोज मसान्तमा यस्तो अनुपात ८१ दशमलव ७४ प्रतिशत कायम थियो । बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गर्नुपर्ने प्रावधानअनुसार अहिले उनीहरूसँग ४ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्ने क्षमता छ । बैंकमा निक्षेप तथा कर्जा प्रवाह वृद्धि भएपछि अन्तरबैंक ब्याजदर पनि ह्वात्तै बढेको छ । लामो समयदेखि २ प्रतिशत हाराहारीमा रहेको अन्तरबैंक कारोबारको औसत ब्याजदर शुक्रवार ४ दशमलव ५८ प्रतिशत कायम भएको छ ।

अधिक तरलता प्रभाव : १० अर्ब माग्दा बैंकहरूले गरे २६ अर्बको आवेदन

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक हुन थालेको छ । जसको प्रभावले नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन् ।

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले १० अर्ब तान्दै

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्न थालेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि (७ दिने अवधिको) बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ ।

बैंकिङ प्रणालीमा १० अर्ब तरलता पठाउँदै राष्ट्र बैंक

४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउने भएको छ । राष्ट्र बैंकले ५ भदौ बिहिबार रिपो मार्फत १० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीमा पठाउन लागेको हो । १४ पुसमा रिपो …

एक वर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको मोबाइल बैंकिङबाट भुक्तानी

काठमाडौं । नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ । हरेकजसो बैंकले सेवाग्राहीलाई आप्mना सेवाहरू सरल तरिकाले उपलब्ध गराउन छुट्टाछुट्टै एप निर्माण गरी बैंकिङ सेवा दिने गरेका छन् । जसका कारण हरेक बैंकिङ सेवाग्राहीहरूको हात हातमा यसको सुविधा पुगेपछि यसबाट हुने भुक्तानी पनि उल्लेख्य हुने गरेको छ । नेपाल राष्ट्र बैंकले […] The post एक वर्षमै १२ खर्ब १० अर्ब रुपैयाँको मोबाइल बैंकिङबाट भुक्तानी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक...

१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले बुधबार जारी गरेको सूचनाअनुसार बैंकले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तर