काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ ।
केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ ।
बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक...