बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले १० अर्ब तान्दै

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढी भएपछि नेपाल राष्ट्र बैंकले रकम तान्न थालेको छ । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो । एक सूचना जारी गर्दै राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि (७ दिने अवधिको) बोलकबोलमार्फत १० अर्ब खिच्न लागेको जनाएको छ ।

सम्बन्धित सामग्री

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

१६ पुस, काठमाडौ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले १७ पुस मंगलबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब तरलता खिच्ने भएको हो । मंगलबार ७ दिन अवधिको निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको […]

राष्ट्र बैंकले १० अर्ब बराबरको निक्षेप संकलन गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी पुस १ गते १० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरण प्रयोग गरी उक्त परिमाण बराबरको रकम सङ्कलन गर्न लागेको हो। केन्द्रीय बैंकले पुस १ गतेदेखि ८ गतेसम्मका लागि निक्षेप सङ्कलन गर्न लागेको जनाएको छ। घटीमा रु १० करोड र बढीमा रु पाँच […]

राष्ट्र बैंकले आज १० अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्ने

नेपाल राष्ट्र बैंकले आज १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दैछ । चालू आर्थिक वर्षको दोस्रो पटक ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले सोमबार दिउँसो ३ बजे प्रस्तावित ट्रेजरीको बोलकबोल हुने जनाएको छ । ट्रेजरी बिलको बिक्री भने भोलि मंगलबार (साउन १७ गते) हुनेछ । दुई थरी ट्रेजरीको बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।  यसअघि २८ दिन र ९१ दिनका लागि कुल १५ अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गरेको बैंक

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ निष्काशन गर्ने

नेपाल राष्ट्र बैंकले जेठ १३ गते बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ ‘च’ बिक्री खुल्ला गर्ने भएको छ । बैंकले दुई वर्षका लागि सार्वजनिक बोल कबोलमार्फत उक्त विकास ऋणपत्र बिक्री गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले ऋणपत्र खरिदका लागि इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकलाई तोकिएकै समय भित्र दरखास्त दिन आह्वान गरेको छ । बैंकका अनुसार उक्त विकास ऋणपत्रको बोलकबोल बुधबार दिउँसो ३ बजे हुनेछ

१० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो । एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ माघ १७ गते परिपक्‍व हुने जनाएको छ । यद्यपि, ऋणपत्रको ब्याज भने लगानीकर्ताहरूले छ÷छ महिना अर्थात् अर्धवार्षिक रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ ।इच्छुक बैंक तथा वित्त

नेपाल राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ । विकास ऋणपत्र मार्फत नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न लागेको हो । एक सूचना जारी गर्दै ऋणपत्रका लागि आह्वान गरेको बैंकले ऋणपत्र २०७८ माग १७ गते जारी भएर २०८२ […]

राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिएकाले राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । राष्ट्र बैंकले हिजो जारी गरेको सूचनाअनुसार बैंकले आउँदाे कात्तिक ११ गते परिपक्व हुने १० अर्ब रुपैयाँ बराबरको रिपो बोल कबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन् । बजारमा तरलताको अभावले बैंक...

थप १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन सर्वसाधारणसँग बोलकबोल माग गरेको छ ।

मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरिँदै

नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ

सरकारले थप १० अर्ब रुपैयाँ ऋण उठाउँदै

सरकारले थप १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँको विकास ऋणपत्र खुला गर्ने भएको हो ।