गुल्मी – गुल्मीको भार्षेका कृषकहरु यतिबेला किवी खेतीमा आकर्षित हुँदै जान थालेका छन । किवी खेतीवाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आकर्षण बढेको हो । जिल्लाको सत्यवती गाउँपालिका ८ भार्षेका कृषकहरु सामूहिक फर्म र व्यक्तिगत लगानीमा किवी खेती गर्दै आइरहेका छन । विगत दस वर्षदेखि किवी खेतीको सुरुवात गरेका त्यहाँका कृषकहरुले यतिबेला किवीको व्यवसायिक उत्पादनमा जोड दिन थालेका छन । त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक ४० लाख भन्दा बढी आम्दानीको जोहो गर्न थालेका छन ।
गुल्मी ज...