किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...