सल्यान : किवी खेतीबाट सल्यानका कृषकले यसबाट राम्रो आम्दानी लिन थालेका छन्। उत्पादित किवी बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले खेती थप विस्तार गर्दै लगेका छन्। थोरै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान यसको खेतीतर्फ आकर्षित भएका हुन्। छत्रेश्वरी गाउँपालिका बुराँसेका तेजबहादुर योगीले किवी खेतीबाटै वार्षिक ८ देखि १० लाख बचत गर्दै आएको बताए। उनी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुन्। उनले चार रोपनी जग्गमा यसको खेती गर