महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर कालोबजारी

महामारीको मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

सम्बन्धित सामग्री

दसैँको मुखमा व्यापारीले आफूखुसी बढाए भाउ, चिनी र जीराको कृत्रिम अभाव

चाडबाडको मौका छोपेर व्यापारीले आफूखुसी खाद्यान्नको भाउ बढाएका छन् । सँगै कतिपय वस्तुको अभावसमेत हुन थालेको छ । दैनिक खाद्यान्नको मूल्य बढाएसँगै कृत्रिम अभाव सृजना गरेर कालोबजारी सुरू भएको उपभोक्ताको गुनासो छ ।

चिनीको कृत्रिम अभाव गर्ने ठूला ब्यापारीको गोदाम सिल

सरकारी ढिलासुस्तीका कारण दशैं तिहारको बेला आम उपभोक्ता महंगीको मारमा पने भएका छन् । समयमै चिनी आयातको अनुमति सरकारले नदिंदा अहिले चिनी अभाव भैरहेको छ । अभावको मौका छोपी चिनी व्यापारीहरु कालोबजारीमा लागेका छन् । अहिले चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँभन्दा बढी भएको छ । यसबीच वाणिज्य विभागले चिनी लुकाएर कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा …

निर्वाचनको मौका छोपी मूल्यवृद्धि

स्थानीय  तहको  निर्वाचन  नजिकिँदै  गर्दा  बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत  अन्य  खाद्यान्नको  मूल्य  वृद्धिले  भान्सा महँगिएको छ । सरकार  निर्वाचनमा  केन्द्रित  भएको  मौका  छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् ।बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्म

बजार अनुगमनमा ६ टोली परिचालन

काठमाडौं, असोज ८ । चाडपर्वको मौका छोपी बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव नियन्त्रण गर्न सरकारले सघन अनुमगन सुरु गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको हो। सरकारले हरेक वर्ष चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाउने गरेको छ। चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न […]

कालोबजारी गर्न फेरि कृत्रिम अभाव : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, -

कृत्रिम अभाव र मूल्यवृद्धिको नियन्त्रण

सरकारले निषेधाज्ञा लगाउन सक्ने अनुमान गर्दै बजारमा उपभोग्य वस्तुमा मनपरी भइरहेका बेला घोषणापछि भने झनै कालोबजारी हुन थालेको छ । अनावश्यक रूपमा सञ्चय गर्ने प्रवृत्तिका कारण यतिबेला पसलहरूमा भीड देखिन्छ भने मूल्यमा मनपरी पनि भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न वा अनुगमन गर्न सरकार चुकिरहेको छ । एकपटक उकालो लागेको मूल्य सामान्यतया तल झर्ने गरेको पाइँदैन । त्यही भएर सरकारको काम मूल्यवृद्धि नियन्त्रण गर्नु पनि हो । मूल्य वृद्धिबाट केही व्यापारीहरूले मुनाफा कमाउलान् तर त्यसले समग्र अर्थतन्त्रलाई दीर्घकालीन असर गर्छ । एकपटक उकालो लागेको मूल्य सामान्यतया तल झर्ने गरेको पाइँदैन । त्यही भएर सरकारको काम मूल्यवृद्धि नियन्त्रण गर्नु पनि हो । बलिया अर्थतन्त्र भएका मुलुकले अनुदान दिएर समेत मूल्यमा नियन्त्रण गरेको पाइन्छ । वस्तु तथा सेवाको मूल्य सामान्यतया बजारले नै निर्धारण हुन्छ भन्ने उदार अर्थतन्त्रको नियम हो । तर, कार्टेलिङ, कृत्रिम अभाव सृजना, सिन्डिकेट जस्ता माध्यमबाट मूल्यमा चलखेल गरिन्छ । सरकारको जिम्मेवारी र दायित्व भनेको यस्तो गैरव्यावसायिक र गैरकानूनी कार्यलाई अनुगमन र निरीक्षण गरेर नियन्त्रणमा लिनु हो । तर, नेपालमा सरकारले अनुगमनका नाममा एकातिर व्यवसायीलाई अनावश्यक दुःख दिएको छ भने अर्कातिर आमउपभोक्ताले मूल्य नियन्त्रणमा सरकारी काम प्रभावकारी भएको अनुभव गर्न पाएका छैनन् । अहिले पनि यस्तै भएको छ । हुन त निषेधाज्ञाका समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनःसञ्चालनमा राख्ने व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रिस्पोन्स टोली गरेको छ । स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरूको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्तिहरूसमेत तोकेको छ । विगतको अनुभवबाट सरकारले यस्तो टोली बनाएको हुन सक्छ । यसले राम्ररी काम गर्न सके केही मात्रामा बजार सञ्चालन सहज हुने देखिन्छ । तर, अहिले देखिएको मूल्य वृद्धिका लागि भने यति पर्याप्त हुने देखिँदैन । सरकारले निषेधाज्ञा र बन्दाबन्दीबारे स्पष्ट नपार्दा पनि नागरिकहरू आत्तिएर सामान थुपार्न लागेका छन् । ग्यास, खाद्यान्न आदि वस्तु आफूलाई आवश्यक पर्नेभन्दा धेरै परिमाणमा थुपार्नु आवश्यक छैन भनेर सरकारले जनतालाई आश्वस्त र विश्वस्त पार्न सकेको देखिँदैन । अक्सिजनको अभाव भएपछि केही मानिसहरूलाई घरमा अनावश्यक रूपमा भण्डारण गर्न थालेको पाइन्छ । कति सिलिन्डर छ र त्यो कहाँ कहाँ खपत भएको छ भन्ने थाहा पाउन त्यति गाह्रो हुँदैन । डेटाबेस बनाउने हो भने यस्ता वस्तु अनावश्यक रूपमा भण्डारण गरेको पत्ता लगाउन कठिन हुँदैन । उपभोग्य वस्तु पनि थोक व्यापारी र खुद्रा व्यापारीले कति बेचे भनेर यस्तो डेटाबेसबाट सहजै पत्ता लाग्न सक्छ । तर, विज्ञहरूले बारम्बार सुझाव दिए पनि सरकारले यसका लागि संयन्त्र बनाउन कहिल्यै आवश्यक ठानेको देखिँदैन । निषेधाज्ञा कस्तो खालको हो र कति दिन लगाउने योजना छ भन्ने सरकारले स्पष्ट नपार्दा नै मानिसहरूले आत्तिएर अनावश्यक रूपमा सामान भण्डारण गरेका हुन् । यही मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गर्दै मूल्य वृद्धि गर्छन् । बजार अनुगमनका लागि सरकारी संयन्त्र छ । तर, चाडपर्वका बेलामा प्रचारबाजीका लागि मात्रै बजार अनुगमन भएको अनुभव धेरैले गरेका छन् । अमुक पसलमा छापा मारिँदै छ भन्ने जानकारी दिएर क्यामेराम्यान र पत्रकार लगेर त्यसको प्रचार गर्ने, अनुगमनको नाममा व्यापारीसँग अवैध रूपमा पैसा असुल्ने जस्ता काम नभएका पनि होइनन् । त्यसैले सरकारले चुस्त संयन्त्र बनाएर प्रविधिको प्रयोग गरी बजारलाई राम्ररी अनुगमन गर्न सक्छ । पसल पसलमा धाउन आवश्यक नै छैन । मूल्य वृद्धि नियन्त्रणमा राख्न नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणको प्रयोग गर्ने गर्छ । तर, उसको प्रयास पनि प्रभावकारी देखिएको छैन । यस्तोमा सरकारले बजार अनुगमनको राम्रो र प्रविधियुक्त संयन्त्र बनाई अस्वाभाविक मूल्य वृद्धि नियन्त्रणमा लिन सक्नुपर्छ ।

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे | Nagarik News - Nepal Republic Media

लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

सिन्धुली । लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी

https://www.onlinekhabar.com/2020/05/864143

२ जेठ, काठमाडौं । लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले …

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि हुनेगर्छ

चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेको छ । व्यवसायीले आइतबारदेखि घर जानका लागि अग्रिम टिकटसमेत खुला गरेका छन् । दसैं नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढ्न थालेको छ । चाडपर्वलाई लक्षित गरेर सरकारले उपत्यकाका विभिन्न नौं स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ । सरकारले सञ्चालन गरेको सहुलियत पसलमा ठूला व्यापारिक मलमा सरह नै मूल्य कायम छ । सबै ठाउँमा सहुलियत पसल नहुँदा उपभोक्ताले सो सुविधा पाउन सकेका छैनन् । यस्तै निजी क्षेत्रका ठूलठूला व्यावसायिक हाउस, बिगमार्ट, भाटभटेनीले समेत सहुलियत मूल्य सामान बिक्री सुरु गरेका छन् । चाडपर्वमा बजारमा चहलपहल बढ्ने हुँदा व्यवसायीले कालोबजारी गरी उपभोक्ता ठग्ने गरेका छन् । कमसल सामान, म्याद नाघेको, सामानको बिक्री बढी हुनेगर्छ । चाडपर्वको मौका छोपेर व्यवसायीले पनि अस्वाभाविक मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । बजारमा आपूर्ति व्यवस्था के छ, बजार अनुगमन कसरी भइरहेको छ, चाडपर्वका बेला हुने कृत्रिम अभाव, कालोबजारी, ठगी नियन्त्रण गर्नका लागि सरकारबाट के–कस्ता प्रयास भइरहेको छ, बजारको अवस्था के छलगायतका विषयमा सरोकारवाला व्यक्तिसँग गरिएको कुराकानीको सार :