बैंक खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा हुने कारबाही सम्बन्धमा मिलापत्रको व्यवस्थासहित बैकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश भएको छ । ‘चेक बाउन्स’ का रूपमा परिचित कसुरबापत विद्यमान कानुनी व्यवस्थालाई केही परिमार्जन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गर्न सकिने व्यवस्था विधेयकमा राखिएको छ ।