अब चेक बाउन्स मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागिएको छ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा (चेक बाउन्स) कसुरमा हुने कारबाही सम्बन्धमा लचिलो व्यवस्था गर्न सरकारले उक्त मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागेको हो । आइतबार संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, ०८० मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ ।