गाउँभरि जताततै सेता पोलिहाउस देखिन्छ । पुस महिनामा पनि लटरम्म गोलभेडाँ फलेका छन् । काउली, बन्दा, आलु, पालुङ्गो, रायो, धनियाले खेत हरिया देखिन्छन् । कृषि कर्मबाट नै गाउँमा वार्षिक दुई करोड रुपियाँ भित्रिने गरेको यथार्थ कथा बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोलाका महिलाको हो ।
गुरुखोला गाउँका महिलाले तरकारी मात्र होइन, बीउवीजन उत्पादनबाट पनि वार्षिक १० लाख रुपियाँ भित्र्याउने गरेको छ । गाउँमै लोभलाग्दो कमाई हुन थालेपछि रोजगारी खोज्न भारत पसेका श्रीमान्हरु घर फर्किन थालेका छन् ।
महिला किसानले उत्पादन गरेको बीउ सङ्कलन गरेर शिखर बीउ प्रवद्र्धन सहकारीले जिल्ला बाहिर पठाउने गरेको सहकारीका अध्यक्ष देवदत्त भट्टले बताउनुभयो ।
गाउँका ३७२ घर परिवारका महिला सामूहिक कृषि कर्ममा लागेका छन् । स्थानीय गैर सकारी संस्था रुडेसले महिला समूह गठन गरेर बीउविजन र प्रविधि सहयोग गरेको छ । आर्थिक उत्थानशीलता कार्यक्रम अन्तरगत किसानको खेतमा संस्थाकी कृषि प्राविधिक पूजा भट्ट खटिरहनुभएको छ ।
कृषि प्राविधिक खेतमै पुगेर प्रविधि सिकाएपछि उत्पादन बढ्दा तरकारी खेतीबाट वार्षिक दुई लाख रुपियाँ भन्दा बढी अम्दा