कोभिड–१९ को त्रास फैलिएसँगै बाग्लुङका दुग्ध उत्पादक सहकारीले उत्पादन गर्दै आएको दूध बजार पठाउने काम ठप्प भएको छ । जिल्लाको दक्षिणमा रहेका पाँच दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँच सय लिटर दूध किसानकै घरमा रोकिएको हो ।
नेपाल सरकारले मुलुक नै लकडाउन घोषणा गरेसँगै दूधको ढुवानी रोकिएको हो । सवारी साधनमार्फत ढुवानी गरी सदरमुकाम बाग्लुङ बजार र पर्वतको सदरमुकाम कुश्मा बजारमा बिक्री हुँदै आएको दूध किसानकै घरमा रोकिएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका–१२ अमलाचौरका सचिव रुद्रनाथ शर्माले बताए ।