चितवनमा वर्षाका कारण एक करोड इँट्टा नष्ट

चितवन । वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पुरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन […]

सम्बन्धित सामग्री

दाङका कृषकलाई १० करोड राहत

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो । क्षति भएको लामो समयपछि संघीय सरकारले सो रकम पठाएको हो । गत आखिरी र कात्तिको पहिलो साता भएको बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैँया […]

हिउँदे वर्षाका कारण सिरहामा १५ करोड बराबरको काँचो इँटा नष्ट

बिहीबारदेखि परेको वर्षाका कारण सिरहामा १५ करोड रुपैयाँभन्दा बढीको काँचो ईटा नष्ट भएको छ । साथै पाँच करोड भन्दाको पकाउन ठिक्क परेको इँटा पनि गलेको छ ।  इँटा उद्योग व्यवसायी संघ सिरहाका अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साहका अनुसार बेमौसमी वर्षाले धेरै व्यवसायी मारमा परेका छन् ।सिरहाका ५० भन्दा बढी इँटा उद्योगमा तयारी अवस्थामा राखिएको पाँच करोडभन्दा बढीका इँटा पूर्णरुपमा नष्ट भएको उनले बताए । उनले आफ्नै उद्योगमा मात्रै ४५ लाखभन्दा बढीको इँटा गलेको बताए ।  संघका कोषाध्यक्ष रामसगुन यादवल

दाङ : हिउँदे वर्षाका कारण ३० करोड रुपैयाँ बराबरकाे झण्डै तीन करोड इँटामा क्षति

दाङ - हिउँदे वर्षाका कारण दाङमा ३० करोड रुपैयाँ बराबरको झण्डै तीन करोड इँटामा क्षति पुगेकाे छ ।  बिहीवारदेखिको वर्षातका कारण तयारी अवस्थामा राखिएका काँचाे इँटामा क्षति पुगेको दाङ देउखुरीका इँटा व्यवसायी सङ्घका अध्यक्ष प्रेमनाथ योगीले जानकारी दिनुभयो । दाङका विभिन्न ठाउँका इँटा उद्योगमा तयारी अवस्थामा राखिएकाे झण्डै तीन करोड इँटा पूर्णरुपमा नष्ट हुँदा ३० करोड रुपैयाँ बराबरको क्षति भएको उहाँले बताउनुभयाे ।  पकाउनका लागि तयारी अवस्थामा राखिएका काँचो इँटामा हिउँदे वर्...

हिउँदे वर्षाले रुपन्देहीमा ८ करोड बढीको काँचो ईटा नष्ट

बुटवल : हिउँदे वर्षाका कारण रुपन्देहीमा ८ करोड बढी मुल्यको काँचो ईटा नष्ट भएको छ। जिल्लाका ४७ उद्योगमा पकाउनका लागि तयारी अवस्थामा राखिएका ३ करोड बढी काँचो ईटा नष्ट भएका छन्। मौसममा एक्कासी आएको परिवर्तनले यस वर्ष पनि रुपन्देहीमा मात्रै ३ करोड बढी काँचो ईटा गलेर नष्ट भएको लुम्बिनी ईटा…

अविरल वर्षाका कारण बैतडीमा दुई करोड बढीको अन्नबालीमा क्षति

बैतडी, २५ कात्तिक । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण अन्नबालीमा क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ […]

वर्षाका कारण बाजुरामा दुई करोडभन्दा बढीको अन्नबालीमा क्षति

बाजुरा– गत असोज ३१ देखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ। कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार दुई करोड ७१ लाख २५ हजार ५५० रुपैयाँ बराबरको बालीमा क्षति भएको हो। […]

बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति

गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ । जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ ।  कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार रू दुई करोड ७१ लाख २५ हजार ५५० बरावरको बालीमा क्षति भएको हो ।  केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए । उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भए

वर्षाका कारण अवरुद्ध सडक अझै खुलेनन्

काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’     धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ । मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।   यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए । ‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए । सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस

बेमौसमी वर्षाका कारण धानबालीमा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको क्षति

बेमौसमी वर्षाका कारण आएको बाढीपहिरो तथा डुबानका कारण देशका विभिन्न जिल्लामा ७ अर्ब २२ करोड रुपैयाँ बराबरको धानबालीमा नोक्सान पुगेको रिपोर्ट सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार गत असोज ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण कुल १ लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लागाइएको धानबालीमा क्षति पुगेको र सोबाट ७ अर्ब २२ करोड रुपैयाँ बराबरको नोक्सान भएको जनाइएको हो ।मन्त्रालयका अनुसार अविरल वर्षाका कारण मुख्य गरी तीन प्रदेश प्रभावित हुन पुगेको छ

अविरल वर्षाका कारण १ करोड लागतमा बनेकाे सांस्कृतिक डबली भत्कियाे

दाङ – एक हप्तादेखिको अविरल वर्षाका कारण दाङको पर्यटकीय क्षेत्र घोरदौरामा यसै वर्ष निर्माण गरिएको सांस्कृतिक डबली भत्किएको छ । घोराही उपमहानगरपालिका-१८ घोरदौरामा  भिरालो जमिनलाई सम्याएर बनाइएको डबली भारी वर्षाका कारण भत्किएको हो । डबलीको पश्चिमतर्फको गाह्रो भत्किएको छ भने मञ्च पनि चर्किएको छ । डबलीको दर्शकदीर्घामा लगाइएको पेटी चर्केको छ । जमिन सतहको माटोमाथि पेटी लगाएका कारण माटो दबेपछि पेटी भत्किएको हो । मञ्चको पूर्वतर्फ बनाउँदै गरेको शौचालय पनि भत्किएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्य...