वर्षाका कारण उम्मेदवारी दर्ता प्रभावित

खजुरा – बिहानदेखि परेको अविरल वर्षाका कारण नेपालगन्ज आसपास क्षेत्र जलमग्न भएको छ। सहरका विभिन्न स्थान जलमग्न भएका कारण प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्ता कार्यक्रमसमेत प्रभावित भएको छ। वर्षाका कारण उम्मेदवारी दर्ताका लागि राजनीतिक दलका उम्मेदवार अलि ढिलो गरी मुख्य निर्वाचन कार्यालय पुगेका छन्। भारी वर्षाले नेपालगन्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन्। […]

सम्बन्धित सामग्री

हुम्लामा १६ जनाको उम्मेदवारी

हुम्ला । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा चार, प्रदेशसभा ‘क’ मा छ र ‘ख’ मा छ गरी १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा अधिकांश उम्मेरदवारहरुले निर्वाचन आयोगको केन्द्रीय […]

हुम्लामा तीन स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी

हुम्ला– आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि तीन  स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा चार, प्रदेशसभा ‘क’ मा छ र ‘ख’ मा छ गरी १६ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गत बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा  अधिकांश उम्मेदवारहरूले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत […]

यातायातको कठिनाइले जिल्ला पुग्न सकेनन् कर्णालीका उम्मेदवार

भारी वर्षाका कारण कर्णालीमा यातायात सेवा अवरुद्ध हुँदा मनोनयन दर्ताका लागि उम्मेदवार जिल्ला पुग्न नसकेपछि नेपालगन्जमै अलपत्र परेका छन् । चार दिनदेखि परेको अविरल वर्षाका कारण हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोटमा सडकदेखि हवाई सेवा ठप्प हुँदा दलका उम्मेदवारलाई आ-आफ्नो जिल्लामा पुगेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन कठिन भएको हो ।