बाग्लुङ - निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराेको उच्च जोखिममा परेका छन् । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले घामपानीका सात घर पहिराेको जोखिमा रहेको बताउँदै ती घरका परिवारहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने बताउनु भएकाे हाे ।
'निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराेले बगाउन सक्छ, बस्ती पहिराेको...