इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँड हुदै

काठमाडौं : इस्टर्न हाइड्रोपावरको आईपीओ बिहीबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलकाअनुसार बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गर्ने जनाएको छ। यसअघि क्यापिटलले शुक्रबार बाँडफाँड हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ ।यो हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ। यसमा मागभन्दा २५ गुणा बढी आवेदन परेको छ। यो आईपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन्।

सम्बन्धित सामग्री

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतीजा

काठमाडौं, १८ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण शेयर बाँडफाँड भएको छ । शेयर निस्काशककर्ता सिद्धार्थ क्यापिटलले आज (सोमबार) आईपीओ बाँडफाँड गरेको हो । कूल १३ लाख छ हजार छ सय ७७ आवेदन स्वीकृत भएकोमा ७१ हजार दुई सय २२ जनालेमात्रै आईपीओ पाएका छन् । कम्पनीले गत भदौ ५ देखि ८ गतेसम्म १०० रुपैयाँ अंकित […]

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरियो

काठमाडाैं।खप्तड लघुवित्तको आईपीओ बाँडफाँड गरिएकाे छ।एकैदिन ३४ सय १९ सवारी चालकमाथि कारवाही भएकाे छ।महिला फुटबल टोलीको कप्तानमा एन्जिला तुम्बापो नियुक्त भएकी छन्।पहिरोको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन पुगेकाे छ।भारतीय सेनाध्यक्ष र प्रधानसेनापतिबीच भेटवार्ता सम्पन्न भएकाे छ।

सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

काठमाडौँ । सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज (बिहीबार) बिहान आईपीओ बाँडफाँड गरेको हो । लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरूलाई गोला प्रथाका माध्यमबाट सेयर बाँडफाँट गरिएको छ । योग्य आवेदकलाई न्यूनतम १० […]

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्सालमा आज (मंगलबार) बिहान भएको आईपीओ बाँडफाँटबाट १ लाख ६६ हजार ३४२ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले कम्पनीको सेयर हात पारेका छन् । गोला प्रथाद्वारा गरिएको आईपीओमा भाग लिने मध्ये अधिकतम २१ लाख […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् रिजल्ट

राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबील एस लिमिटेडले बिहीबार दिउँसो ३ बजे आईपीओ बाँडफाँड गरेको हो ।  आईपिओमा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए  । यी मध्ये ५ हजार ८ सय ५९ जनाको आवेदन रद्द भएको छ  । त्यस अनुसार योग्य आवेदकको संख्या २५ लाख ७९ हजार ४ सय २ जना कायम भएको थियो ।  माग भन्दा बढीको आवेदन परेकोले...

इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा

इमर्जिङ नेपाल लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बुधबार आईपीओ बाँडफाँड गरेको हो ।  आईपीओमा कुल २३ लाख ३१ हजार २ सय ५८ जनाको आवेदन परेको थियो । जसमा २ हजार ५ सय ५२ जनाको आवेदन रद्द भएको छ ।  गोलाप्रथाबाट ५१ हजार ६ सय ७० जनाले १० कित्ताको दरले शयेर पाएका छन् । त्यस्तै ती मध्ये पुन ८ जनाले ११ कित्ता शेयर पाएका छन् ।  अनलाइनबाटै...

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड, तपाईंलाई पर्‍यो ?

बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा शुक्रवार आईपीओ बाँडफाँड भएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा ७४ हजार ४०० जनले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा आवेदन गरेका १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडका अनुसार आईपीओमा २० लाख ३० हजार ५५५ वटा आवेदन परेको थियो । उल्लेखित संख्याको...

सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं। सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिबार बाँडफाँड गरेको हो। आईपीओ मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ। त्यसअनुसार ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत १० कित्ताको दरले शेयर पाएका छन्। आईपीओमा २४ लाख १९ हजारको आवेदन परेको थियो।

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि हुने

सानिमा लाइफको  इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड शनिबार हुने भएको छ ।

सीईडीबी हाइड्रोको आईपीओ बाँडफाँड

काठमाडौं। सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। आज भएको बाँडफाँडमा २ लाख ३४ हजार १९५ जनाले सेयर पाएका छन्। यीमध्ये ४ जनाले ११ कित्ता सेयर पाएको कम्पनीले बताएको छ। आईपीओमा कुल १६ लाख ३७ हजार ६५९ योग्य आवेदन परेको कम्पनीले बताएको छ। हाइड्रोपावरले २५ लाख १८ हजार २३० कित्ता सेयर जारी गरेको थियो।