विदेशी मुद्राको विप्रेषण (रेमिट्यान्स) ७.६ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको रेमिट्यान्स ७.६ प्रतिशतले घट्दै २ खर्ब ३९ अर्ब ३२ करोडमा सीमित भएको हो । तर, यस्तो विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोही अवधिमा कोभिड–१९ कै बीचपनि अधिकतम १२.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थि