काठमाडौं, जेठ २९ । एकै व्यक्ति दुईवटा छुट्टा–छुट्टै जिल्लाको कार्यालय प्रमुख हुँदा दुवै जिल्लाका सेवाग्राही मर्कामा परेका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय पर्सा र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रमुख भई जिम्मेवारी सम्हाल्दै आएका सिनियर डिभिजन इन्जिनियर (सीडीई) दारोगा प्रसादको निष्क्रियताले सेवाग्राही मर्कामा परेका हुन् । उक्त दुवै कार्यालयको दुरी करिब ७० किलोमिटर छ […]