अहिले विश्वमा कोरोनाको दोस्रो लहर छाएको छ । त्यसको बढी असर भारत लगायत दक्षिण एसियामा परेको छ । त्यसैले पनि अघिल्लोपटकको परिस्थिति र अहिलेको परिस्थिति फरक छ ।
अघिल्लोपटक नेपालमा भन्दा पनि नेपाली श्रमिक कार्यरत मलेसिया लगायत खाडी देशहरुमा कोरोना एकदमै तीव्र रुपमा फैलिएको थियो । त्यहाँ अवस्था भयावह थियो । नेपालमा पनि लकडाउन जारी थियो । त्यो कारणले गर्दा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई कसरी सुरक्षित साथ नेपाल ल्याएर व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले भ्याए जति काम गर्यौं । दूतावासमार्फत खान बस्न यता ल्याउने लगायतका ...