‘श्रमिकलाई अप्ठ्यारो पर्ने अवस्था नआओस्’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न देशमा नेपालको प्रतिनिधित्व गर्ने राजदूतलाई नेपाली श्रमिकको हितमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध र नेपालको पर्यटन प्रवद्र्धन हुने खालका कार्यक्रम गर्न पनि निर्देशन दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबारदेखि सुरु भएको ‘श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधान’ विषयक दुई दिने छलफललाई मङ्गलबार सम्बोधनका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।विदेशमा रहेका नेपाली श्रमिकले विभिन्न प्रकारका समस्यामा परेका कुरा आफूसमक्ष दिनहुँ ठुलो सङ्ख्यामा आउने गरेको भन्दै उहाँले भन्नुभयो, “हाम्रा श्रमिकलाई गन्तव्य देशमा अप्ठ्यारोमा पर्ने अवस्था नआओस् । श्रमिकलाई सुरक्षित हुने वातावरण बनाउनुहोस् । यसका लागि सरकारले पूर्ण साथ दिने छ ।”

सम्बन्धित सामग्री

हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी ! : ओली

काठमाडौं, २८ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो आठ वर्ष अघि यसै समयको डायरीको पाना पल्टाएको स्मरण गराएका छन् । संविधान जारी गर्नु पूर्व सन्ध्याको कुरा स्मरण गराउँदै ओलीले नाकाबन्दीको कठिन अवस्था सम्झिएका छन् । एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पशुपति आर्यघाटमा अन्तिम विदाई गरेर फर्किएपछि ओलीले आठ […]

अर्थतन्त्रको अवस्था सुधार्नका लागि अर्थमन्त्रीले खोजे गभर्नरको साथ

अर्थतन्त्र सुधार्ने उपाय खोज्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच भेटवार्ता बाक्लो बनेको छ । अर्थतन्त्रमा सुस्तता छाएको अप्ठ्यारो परिस्थितिमा अर्थमन्त्री बनेका डा. महतले अर्थतन्त्रलाई सुधार्नका लागि हरसम्भव कोसिस गर्ने बताउँदै आएका छन् । जसका लागि गभर्नर अधिकारीसहित अन्य सरोकारवाला निकायसँगको छलफललाई अर्थमन्त्री डा. महतले तीव्रता दिएका हुन् । […]

‘दुग्ध व्यवसायी अप्ठ्यारो अवस्थामा छन्’

दुग्ध व्यवसायीको हालको अवस्था अप्ठ्यारो अवस्थामा छ। लागत मूल्य बढेर गएको छ। पहिलाको जस्तो कच्चा पदार्थ सस्तोमा पाइँदैन।...

अभिनेता चियान विक्रम अस्पताल भर्ना

इन्डिया टुडेका अनुसार कलिउड स्टार चियान विक्रमलाई बिहीबार अप्ठ्यारो महसुस भएको कारण उनलाई चेन्नईको कावेरी अस्पतालमा लगिएको हो। अस्पताल स्रोतले अभिनेताको अवस्था स्थिर रहेको जनाएको छ । उनी आजै डिस्चार्ज हुने बताइएको छ ।

कर्णाली राजमार्गको अवस्था नाजुक

साँगुरो, अप्ठ्यारो र दुर्घटना स्थलको रुपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा वर्षेनी जोमिख बढीरहेको छ। राजमार्ग टालटुल बाहेक स्तरउन्नतीमा बजेट कम हुँदा वर्षातमा गाडी गुड्नै सकस हुने गरेको हो।...

कर्णाली राजमार्गको अवस्था नाजुक

साँघुरो, अप्ठ्यारो र दुर्घटनास्थलका रूपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा बर्सेनि जोखिम बढिरहेको छ।...

सुदुरपश्चिम अहिले महाविपत्तिमा छ, अवस्था भयावह छ : मन्त्री सोडारी (भिडिओसहित)

काठमाडौं, ४ कार्तिक । सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री दीर्घबहादुर सोडारीले अहिले सुदुरपश्चिम प्रदेशमा ठूलो अप्ठ्यारो सिर्जना भएको बताएका छन् । उनले सुदुरपश्चिममा अवस्था भयावह र महाविपत्ति रहेको बताए । उनले प्रदेशको मन्त्रिपरिषदले आवश्यक निर्णय समेत लिईसकेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

विज्ञको एउटै स्वर : अप्ठ्यारो स्थिति आउनुमा सरकार बढी जिम्मेवार

काठमाडौं । संसद्ले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधवारबाट सरकारी खर्च गर्ने बाटो नै बन्द भएको छ । यो अवस्था निम्तिनुमा सरकार नै बढी जिम्मेवार देखिएको छ । अध्यादेशबाट ल्याइएको बजेटलाई टुंगोमा पु¥याउन नखोजी दल विभाजन गर्नकै निम्ति एकाएक संसद् अधिवेशन अन्त्य गरिएको र सरकारले ल्याउने भनेको प्रतिस्थापन विधेयक पनि ढिला गरी संसद्मा पेश गरिँदा यो अवस्था निम्तिएको विज्ञहरूले बताएका छन् । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउनै परे पनि संसद्मा समयमै पेश गरी राजनीतिक सहमतिमार्पmत पास गर्न सरकारले ध्यान नदिँदा मुलुक अप्ठ्यारो स्थितिमा पुगेको बुधवार राजधानीमा भएको एक साक्षात्कारमा कार्यक्रममा विज्ञहरूले बताए । पूर्वमुख्यसचिव डा. विमल कोइरालाले सरकारले ल्याएको बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदा मुलुक ठूलो समस्यामा परेको बताउँछन् । यो सब राजनीतिक दाउपेचको कारण भएको र सहमति जुटाउन सरकार चुकेको उनको बुझाइ छ । ‘बजेट कार्यान्वयन गर्न सरकारसँग धेरै उपाय थिए तर सरकार चुकेको छ,’ उनको भनाइ छ । यो बेला प्रतिस्थापन बजेट पास भएन भने मुलुकको अवस्था के हुन्छ भनेर सरकारले जोखिम हेर्नुपथ्र्यो तर सरकारले यसैगरी बजेट पास भइहाल्छ भन्ने सोच्दा अप्ठ्यारो स्थिति आएको कोइरालाको बुझाइ छ । समाधानका सबै उपाय भए पनि अपनाउन नसकेको उनको बुझाइ छ । विनियोजन विधेयकले दिएको अत्यावश्यक खर्च पनि गर्न नसक्ने अवस्था आएकाले सबै मिलेर समस्या समाधान गर्नुपर्नेमा कोइरालाको जोड थियो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अहिलेको अवस्थामा राष्ट्र बैंकले निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले आपत्कालीन स्थितिका रूपमा केन्द्रीय बैंकले नेतृत्व लिनुपर्ने पनि बताए । ‘बजेट कार्यान्वयनमा नआउँदा असर परेको छ । नीति निर्माताहरूबाट बजेटको क्यालेन्डरसहित क्रान्तिकारी सुधार भएका थिए,’ उनले भने । उनका अनुसार प्रतिस्थापन विधेयक पारित नभएको अवस्थामा मुलुकको खर्च सञ्चालनमा नै समस्या भएको छ । अब नेपाल राष्ट्र बैंकले तत्काल प्याकेज ल्याउनुपर्छ । अमेरिकामा बाराक ओबामाको कार्यकालमा समस्या हुँदा त्यहाँको केन्द्रीय बैंकले अर्थतन्त्र जोगाएको उनले स्मरण गराए । थापाका अनुसार राष्ट्र बैंकले सीडी रेसियो स्थगन गर्नुपर्ने र टर्म लोनको व्यवस्था गरेर जानुपर्ने उनको सुझाव पनि छ । करविद् डा. चन्द्रमणि अधिकारीले अहिले दलहरूले समाधान खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । उनका अनुसार अहिलेको अवस्थाले देश तदर्थवादमा चलिरहेको देखाउँछ । समयमै बजेट प्रस्तुत गर्ने, समयमै प्रिबजेट गराउने कुरा संविधानमै व्यवस्था गरिएको भए पनि छलफल नै नहुने समस्या रहेको उनको भनाइ छ । चाँडोभन्दा चाँडो संसद् चल्ने व्यवस्था हुनुपर्ने र प्रतिपक्षले पनि सहयोग गर्नुपर्ने उनको बुझाइ छ । अहिले आर्थिक सूचकहरू ओरालो लागिसकेको र शोधानन्तर बचतमा पनि नकारात्मक स्थितिमा पुगेको अधिकारीले बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिलेको अवस्थाको अन्त्य छिटोभन्दा छिटो गर्न सरकारले पहल लिनुपर्ने र दलहरूबीच सहमति हुनुपर्ने बताए । सरकारको नेतृत्व परिवर्तन हुँदैमा यस्तो अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ । ‘सरकारी पूँजी दरिलो हुनुपर्छ । मुलुकको खर्च चलायमान हुनुपर्छ । संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच बेमेलका कारण मुलुक अप्ठ्यारोमा छ, यसले देशलाई हित गर्दैन,’ साक्षात्कारमा बोल्दै उनले भने । मुलुक चलायमान बनाउन र र आर्थिक वृद्धिदर बढाउन पनि सरकारी खर्च समयमै हुन जरुरी छ ।

कोभिड महामारीमा सामाजिक सञ्जालको भूमिका

स्वस्थ जीवनमा असामान्य तथा चुनौतीको अवस्था आइ जनजीवनमा अप्ठ्यारो अवस्था सृजना हुनु, जन धनको क्षति हुनु र व्यवस्थापनमा कठिनाइ आउनु महामारीको सङ्केत हो । यस्तो स्थितिमा नागरिकको स्वास्थ्यमा असहजताको सृजना भई व्यवस्थापकीय कठिनाइले गर्दा स्वास्थ्य सङ्कटको अवस्था पनि आउन सक्छ । महामारीले धेरै क्षेत्रलाई असर पारी जनजीवनमा काबू बाहिरको अवस्था सामना गर्नु पर्ने परिस्थिति सृजना […]

‘विदेशमा रहेका श्रमिकलाई कुनै अप्ठ्यारो नहोस् भनेर बोर्ड सजग छ’

अहिले विश्वमा कोरोनाको दोस्रो लहर छाएको छ । त्यसको बढी असर भारत लगायत दक्षिण एसियामा परेको छ । त्यसैले पनि अघिल्लोपटकको परिस्थिति र अहिलेको परिस्थिति फरक छ । ​ अघिल्लोपटक नेपालमा भन्दा पनि नेपाली श्रमिक कार्यरत मलेसिया लगायत खाडी देशहरुमा कोरोना एकदमै तीव्र रुपमा फैलिएको थियो । त्यहाँ अवस्था भयावह थियो । नेपालमा पनि लकडाउन जारी थियो । त्यो कारणले गर्दा विदेशमा रहेका नेपाली श्रमिकहरुलाई कसरी सुरक्षित साथ नेपाल ल्याएर व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले भ्याए जति काम गर्यौं । दूतावासमार्फत खान बस्न यता ल्याउने लगायतका ...