काठमाण्डाै – सर्वसाधारणको लापर्बाहीले स्वास्थ्यकर्मीमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गइ स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम जोखिमपूर्ण रहे पनि संक्रमण दर बढाइरहेको बताउनु भयो । उहाँले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी...