स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरूले शक्तिको दुरुपयोग र भ्रष्टाचार गर्दा नागरिकमा संविधानप्रति वितृष्णा बढेको बताउनुभएको छ ।
‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयोे, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेक...