काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारको दोस्रो वरीयतामा पनि आफ्नै मान्छे हुनुपर्ने अडान राखेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पाैडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउने निर्णय पनि गरेको छ। संविधान, संवैधानिक संस्था र लोकतन्त्रमाथि नै एकपछि अर्को प्रहारको स्थितिमा जोगाउनुपर्ने जिम्मा कांग्रेसको काँधमा आएकाले यसप्रकारको निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए। सत्ता गठबन्धनसँगको सम