काठमाडौं : शुक्रबारदेखि चारवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म मन्त्र, बलिउड फिल्म 'हिरोपन्थी २', 'रन वे ३४' र हलिउड एनिमेटेड फिल्म 'द ब्याड गाइज'ले एकसाथ प्रदर्शन थालेका हुन्। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म 'मन्त्र' हिमाली भेगको प्रेमकथामा आधारित रहेको छ। फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन्। बुधबार भएको प्रिमियर सोमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो। तर, हलमा शो भने निकै कम पाएको छ। मन्त्रले मल्टिप्ल